यति गहिरो मायामा……….

Nepal Cover
१७ पुष २०८०, मंगलवार
image

यति गहिरो मायामा डुबाएर कुरा गर्‍यौँ
तिमी अझै सुन्दर छौ, मेरो मायामा छौ
मनबाट माया मैले तिम्रो लागि गरेको थिएँ
चन्द्रमा झैँ उज्यालो अनुहार हेर्न खोजेको थिए

यति गहिरो प्रेममा छु कि तिमीलाई अझै माया गर्नेछु
हे मेरो माया तिमीले बोलाए म आउँछु
जब म प्रेमको पुरानो इतिहास सुन्छु
फर्केर विगतलाई हेरिरहन्छु,

यो समय मुटुमा छ एक अर्काको लागि माया
झरेका आशुले बताउँछन् मनका सबै कुरा

झरनाहरू नदीमा मिसिन्छन् जसरी
पहाडले स्वर्गलाई चुम्बन गर्छ बेस्सरी
यति गहिरो प्रेममा छु कि तिमीलाई अझै माया गर्नेछु
हे मेरो माया तिमीले बोलाए म आउँछु