सुन चाँदीको भाउ घट्यो

  Sampatti News Online

January 3, 2024

काठमाडौं । आज सुन र चाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति:January 3, 2024