नेप्सेमा दोहोरो अंकको वृद्धि

  Sampatti News Online

January 3, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकको सुधार भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, बुधबार (आज) भने बढेर बन्द भएको छ।

नेप्से परिसूचक २७.९० अंक बढेर २०५८.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक बढेको छ। कारोबार अवधिको अधिकांश समय सुस्त रहेको नेप्से, अन्तिम १ घण्टामा खरिदकर्ता हाबी भएपिछ बढेर बन्द भएको हो।

त्यस्तै, आज ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २०९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।    

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५.१० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २६ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।      

प्रकाशित मिति:January 3, 2024