पुल निर्माणको माग गर्दै रौतहटमा चक्काजाम

  Sampatti News Online

January 3, 2024

रौतहट १८ पुस। पुल निर्माणको माग गर्दै गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत बम नाहरमा स्थानीयहरुले चक्काजाम गरेका छन्।
हुलाकी राजमार्ग अन्तर्गत बडहरवा घाट बागमती नदीको पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन्। करीब २ बजेदेखि बम नाहर चौकमा चक्काजाम गरेका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनहरू अवरुद्ध भएका छन् ।
यमुनामाई गाउपालिका , दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेका हुन्। पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन ले लिएको थियो।
सैयौंको संख्यामा चक्काजाम गरेका स्थानीयको रौतहट क्षेत्र नम्बर १ का प्रदेश सांसद नागेन्द्र साहले अगुवाई गरेका छन्। रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बाटो खुलाउन बार्ता भईरहेको तथा तत्काल डाईभर्सन खुलाएर गाडी आवतजावत सुरु गरिएको बताएका छन्।

प्रकाशित मिति:January 3, 2024