सिन्धुपाल्चोकमा ४.७ म्याग्निच्युडको भूकम्प

Nepal Cover
१९ पुष २०८०, बिहीबार
image

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहीबार बिहान १० बजेर  १७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प ४.७ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो। यसअघि गत आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो।