पिकअप भ्यान सहित अबैध काठ बरामद

  Sampatti News Online

January 5, 2024

रौतहट २० पौष । डिभिजन वन कार्यालय रौतहटले पिकअप भ्यान सहित अबैध सालको काठ बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालय अन्र्तरगतको जंगलबाट गस्ती टोलीले उक्त काठ बरामद गरेको हो ।डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले बुधवार राती काठ,पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको छ।
डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल ठाकुरले जानकारी दिएको जानकारी अनुसार प्रदेश २ -०३-००१च २१९८ नम्बरको पिकअप भ्यानमा काठ लोड गरिरहेको अबस्थामा अन्दाजी ६० क्युफिट काठ पक्राउ गरेको छ । वन सुरक्षा टोलीले ९ थान सालको गोलिया बरामद गरीको ठाकुरले जानकारी दिएका छन्। धन्सारबाट जंगलसहिया जानेक्रममा सोही जंगलबाट सो काठ बरामद गरेको थियो। काठको संगै तस्कर द्धय जितपुर सिमरा उपमहानगरपालिका २३का आजम हुसेन र निजगढ ९ सिंगौलका अजय कुमार चौधरी समेत पक्राउ परेको डिवीजन बन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति:January 5, 2024