मेयर रिना साहद्वारा छोरीहरूको बिहेमा सहयोग

Nepal Cover
२० पुष २०८०, शुक्रबार
image

रौतहट २० पुस। मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले ५० जना परिवारलाई जनही ३० हजारको दरले चेक हस्तान्तरण गरेकी छन् । रीना मेयर भएदेखि नै नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । जसअनुसार नगरपालिकाले गरिब समुदायका महिलाहरुको बिहेवारीमा परिवारलाई जनही ३० हजार रुपैयाँ अनुदान सहयोग गर्दै आएको हो । सोही कार्यक्रम अनुसार बिहीबार ५० जनाका परिवारलाई रू ३० हजारको दरले अनुदान रकमको चेक हस्तान्तरण गरिएको साहले जानकारी दिइन् ।
एक बिशेष समारोहबीच चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरुले खुसी व्यक्त गरेका थिए ।
मेयर साहको पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको नगरपालिकाले जनाएको छ । हालसम्म यो कार्यक्रमबाट सयौँ लाभान्वित भइसकेका छन् । यसैगरी नगरपालिकाले जनतासँग जोडिएर अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।