उपमेयर द्वारा गरुडा नगरपालिकामा तालाबन्दी

Nepal Cover
२० पुष २०८०, शुक्रबार
image

रौतहट २० पुस । रौतहटको मध्यभाग गरुडा नगरपालिकामा तालाबन्दी गरिएको छ।
नगर कार्यपालिका बोर्डको बैठकको माग गर्दै उपमेयर पुनम चौधरीको नेतृत्वमा गएको टोलीले नगरपालिका भवनको मूल गेटमा तालाबन्दी गरेको हो। उपमेयर चौधरी सहित केही वडा अध्यक्षहरुको टोलीले नगरका कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको छ। मेयर कन्थमनि जैसवाल कार्यपालिका बोर्डको बैठक नबोलाई आफूखुसी गरिरहेकाले तालाबन्दी गरेको उपमेयर चौधरीले बताईन। उता मेयर जैसवालले नगरसभाको निर्णय अनुसार नगरको विकास निर्माण देखि सम्पूर्ण काम गर्दै आएको बताउँदै केही गलत तत्वको उक्साहटमा तालाबन्दी भएकाले सहमतीमै ताला खुलाउने प्रयास भईरहेको जानकारी दिएका छन्।