रक्षा सचिब शर्मालाई मातृ शोक

  Sampatti News Online

January 5, 2024

काठमाडौ । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा ,कानुन मन्त्रालयका पुर्व सचिब भेषराज शर्मालाई मातृ शोक परेको छ । शर्माकी आमा थन्दादेवी शर्माको ८९ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको हो ।

दम रोगबाट पीडित शर्माको उपचारका क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको थियो । मृतक शर्माको शुक्रवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

दाहसंस्कार कार्यक्रममा सरकारका मुख्य सचिव, सचिव, नेपाली सेनाका उच्च अधिकारीहरु, अन्य उच्च पदस्थ व्यक्तित्वहरु लगायत आफन्तहरुको सहभागिता रहेको थियो । स्वर्गीय आमाका तीन छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा कानुन आयोगका उपाध्यक्ष समेत भैसक्नु भएका डाक्टर भेषराज शर्मा माइला छोरा जनकराज शर्मा पौडेल, सिइओ र कान्छा छोरा किरणराज शर्मा हाल रक्षा सचिब हुनुहुन्छ ।
स्वर्गीय आमा प्रति सम्पत्ति न्युज परिवार भाबपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।

प्रकाशित मिति:January 5, 2024