गरुडा नगरपालिकामा तालाबन्दी संगै धर्ना

  Sampatti News Online

January 6, 2024

रौतहट २१ पुस। रौतहटको मध्यभाग गरुडा नगरपालिकामा तालाबन्दी गरिएको छ।
बिभिन्न सुविधाको माग गर्दै उपमेयर पुनम चौधरीको नेतृत्वमा गएको टोलीले नगरपालिका भवनको मूल गेटमा तालाबन्दी गरेको हो। उपमेयर चौधरी सहित केही वडा अध्यक्षहरुको टोलीले नगरका कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको छ। मेयर कन्थमनि जैसवालले उपमेयर चौधरी लगायत वडा अध्यक्षहरु लाई सरकारले तोके बमोजिमको सुबिधा नदिएको तथा करारका कर्मचारी लाई तलब नदिएको उपमेयर चौधरीले बताईन। शुक्रवार साँझ नगरपालिका अगाडी पत्रकार सम्मेलनको आयोजना गरी मेयर जैसवालले आफूखुसी गरिरहेकाले तालाबन्दी गरेको उपमेयर चौधरीले बताईन। मेयर जैसवाल बार्ता गरी कार्वान्यानको बाताबरण नबनाए सम्म तालाबन्दी जारी रहने बताएकी थिइन्। पत्रकार सम्मेलनमा उपमेयर चौधरी संगै ६ जना वडा अध्यक्षहरुको सहभागिता रहेको थियो। बक्यौता रहेको तलब दिनुपर्ने, कार्यपालिकाको नियमित बैठक बोलाउनु पर्ने, नगरसभाका निर्णयहरु कार्यपालिका बैठकमा सार्वजनिक गर्नुपर्ने, गत आर्थिक वर्ष र यस चालू आर्थिक वर्षको सम्पुर्ण खर्चहरु कार्यपालिका बैठकमा पेश गर्नुपर्ने, जथाभाबी नियुक्त गरिएका करारका कर्मचारी खारेज गर्नुपर्ने र प्रत्येक वडामा समान स्तर बजेट बिनियोजन गर्नुपर्ने उनिहरुको माग छ ।
उता मेयर जैसवालले नगरसभाको निर्णय अनुसार नगरको विकास निर्माण देखि सम्पूर्ण काम गर्दै आएको बताउँदै केही गलत तत्वको उक्साहटमा तालाबन्दी भएकाले सहमतीमै ताला खुलाउने प्रयास भईरहेको जानकारी दिएका छन्। गरुडा नगरपालिकामा तालाबन्दी, प्रहरीले सहयोग नगरेको मेयर जयसवालको गुनासो ।

प्रकाशित मिति:January 6, 2024