तलबको मागगर्दै तेस्रोदिन धर्नाजारी, शिक्षक संघको ऐक्यवद्धता

  Sampatti News Online

January 6, 2024

रौतहट २१ पुस। रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै तेस्रो दिन पनि धर्नामा जारी राखेका छन। जनप्रतिनिधि बिच आपसी विवादका कारण गत साउन देखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी बुधबार देखि धर्ना सुरु गरेका हुन। तेस्रो दिन आज नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकृपाल यादव धर्नास्थल पुगेर ऐक्यबद्धता जनाएका छन। कुनै पनि बहानामा शिक्षक तथा कर्मचारीको तलब रोकिनु नहुने तथा समयमा पाउनु पर्ने विचार अध्यक्ष यादवले राखेका थिए।
नगरक्षेत्र अन्तर्गतका प्रत्येक माबि बाट ३ जना, निमाबी बाट २ जना प्राबि बाट १ जनागरी आजदेखि पालोपालो गरी धर्ना सुरुभएको हो। समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने तथा दोस्रो चारणमा सम्पूर्ण बिद्यालय बन्द गरी सडक आन्दोलनमा उत्रने सहभागि माबी दुधिअवाका शिक्षक रञ्जन खरेलले चेतावनी दिएका छन्।
तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको हो।
मन्त्रालयको निर्देशनमा फतुवामा केहीसमय अघि प्रशासकिय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरु संगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु बिभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन्।
असार १० गते भित्र हुनुपर्ने नगर परिषद जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सुन्य भएको छ।
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक काँग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरु पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन्।
कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर खातुन एकोहोरो गरेको र उनी पनि कांग्रेस पार्टीकै भएकाले पहिले पार्टीभित्र आएर आत्म आलोचना गरेपछि मात्र बैठकमा सहभागि हुने अडान राखेका छन्। कांग्रेस समर्थित जनप्रतिनिधिको कारण नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताएकी छन्।
यस अघि मेयर खातुन एमालेका ३ जना र जसपाका १ गरी ४ जना वडा अध्यक्षहरुले शिक्षक कर्मचारीको धर्नामा ऐक्यब्धता जनाएका थिए।
लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो। उनी निलम्बित भएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएको थियो। निलम्बित मेयर यादव र कार्यवाहक खातुन कांग्रेस पार्टीकै हुन्।

प्रकाशित मिति:January 6, 2024