बरहथवा घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख दिने, गृहले बनायो छानबिन समिति

  Sampatti News Online

January 7, 2024

काठमाडौँ । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।

सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ। सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको हो। मृतक साहको शव अहिलेसम्म घटनास्थलमै छ । 

उक्त घटनाबारे गृह मन्त्रालयले गृह सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन्। साे क्षेत्रमा स्थानीय प्रशासनले भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएकाे छ । 

प्रकाशित मिति:January 7, 2024