यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) 

  Sampatti News

January 7, 2024

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । यो मूल्य शुक्रबारको तुलनामा १३ पैसाले घटेको हो । शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।

यस्तै युरोपियन युरो ७१ पैसाले घटेको छ । आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५१ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ २३ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आइतबार १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७३ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङको शुक्रबारको तुलनामा ८४ पैसाले घटेको हो । शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो ।

प्रकाशित मिति:January 7, 2024