हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

  Sampatti News Online

January 7, 2024


काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको १० करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एचआरएल (HRL) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। सोमबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

कम्पनीले कर्मचारी, बैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फण्डलाई समेत गरी सर्बसाधारणमा ३ करोड कित्ता शेयर निश्काशन गरेको थियो। सर्वसाधारणमा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा जारी गरेको शेयर भने भोलिदेखि नै कारोबारमा आउने छ।

प्रकाशित मिति:January 7, 2024