नेप्सेमा दोहोरो अंकको गिरावट

५ अर्ब २४ करोडको कारोबार

  Sampatti News Online

January 7, 2024

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार २६.३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा तेह्रथुम पावर कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

त्यस्तै, मानुषी लुघवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ६।६९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २८ करोड बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक यस दिन १.०३ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:January 7, 2024