January 8, 2024
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो ।महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी र सिंह कपिलवस्तु जिल्ला निवासी हुन् ।त्यस्तै अर्को एक सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरनजन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने जनमतका चौधरी नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रुपन्देही र सुवेदी रोल्पा जिल्ला निवासी हुन् ।
प्रकाशित मिति:January 8, 2024
November 25, 2024