सत्ता गठबन्धनमै रहेको जनमतले मधेसमा उठायो उम्मेदवार

Nepal Cover
२३ पुष २०८०, सोमबार
image

सत्ता गठबन्धनमा रहेर पनि जनमत पार्टीबाट अन्य तर्फ रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन्।
पार्टीका नेता कार्यकर्तासहित आएका जनकपुरस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दिए।
स्वतन्त्र मधेस गठबन्धनबेला उनी धनुषा जिल्ला इन्चार्ज थिए।
व्यवसायिक पृष्ठभूमीबाट आएर उनी राजनीतिमा होमिएका थिए। अन्य क्लस्टरतर्फ उम्मेदवारी दिएपनि जनमतले महिलातर्फ भने उम्मेदवारी दिएको छैन। मधेस प्रदेशमा सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगानाले उम्मेदवारी दिएका छन्। नेकपा एमालेले अन्यमा विजेता झालाई उम्मेदवार बनाएको छ।