घरको भुक्तानी तथा अधुरो निर्माणको मागगर्दै आम दलित द्वारा गौरमा प्रदर्शन

  Sampatti News Online

January 8, 2024

रौतहट २३ पुस। प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम दलित मोर्चाले आईतवार रौतहटको सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ।
मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दाषको नेतृत्वमा गएको टोलीले तुल व्यानर सहित विभिन्न नारा लगाउँदै गौरमा प्रदर्शन गरेका हुन्।
दलित आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको घरको भुक्तानीको माग गर्दै दलितहरुले गरे प्रदर्शन गरेका थिए। दर्जनौ महिला पुरुष सहभागी प्रदर्शनकारीले गौर स्थित बिपी चौक बाट सुरुभएर बिभिन्न नारा जुलुस लगाउँदै भन्सार कार्यालय अगाडि सम्म परिक्रमा गरेका थिए।मौलापुर नगरपालिकाका आवास पीड़ित दलितहरुले आफनो निर्माणाधीन घरको भुक्तानीको लागि आज गौरमा प्रदर्शन सहित स्थित प्राविधिक कार्यलय घेराउ समेत गरेका छन् । मदेश प्रदेश सरकारद्वारा जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७८ मै बनाउन शुरू गरेका घरहरु अझ अधुरै छन् । घर निर्माण भएको भुक्तानी हालसम्म न पाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले पीड़ितहरु ग़ौरमा प्रदर्शन गरेका हुन । मौलापुर नगरपालिका अन्तर्गत मात्रै ५० जना भन्दा बढी पीडित रहेको अध्यक्ष दाशले बताएका छन्। दर्जनौं घरहरू अधुरो रहेको छ भने दर्जनौं निर्माण भएका घरको भुक्तानी पूरा हनसकेको छैन। पटकपटक गौर स्थित कार्यालयमा जाँदा पनि हालसम्म भुक्तानी नपाएको कारण आन्दोलनमा उत्रनुपरेको अध्यक्ष दाशले गुनासो गरेका छन्।

प्रकाशित मिति:January 8, 2024