रेडियो नेपाल सञ्चालक समिति सदस्यमा सहसचिव पार्वती शर्मा

  Sampatti News Online

January 9, 2024

काठमाडौँ । रेडियो नेपालको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव पार्वती शर्मा मनोनयन हुनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समितिको गठन आदेश, २०४१ को दफा २ क को उपदफा २ (घ) बमोजिम सहसचिव शर्मा सञ्चालक समिति सदस्यमा मनोनयन हुनुभएको हो । अर्थ मन्त्रालयले २०८० मङ्सिर २४ गते मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई सञ्चालक समिति सदस्यमा मनोनयन गरेकाे थियाे ।

आज बसेकाे रेडियो नेपाल सञ्चालक समितिकाे बैठकले सदस्यमा मनोनीत भई आउनु भएकी शर्मालाई समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले खादा लगाएर स्वागत गर्नुभयो । साथै बैठकले यसअघि अर्थ मन्त्रालयबाट सदस्यमा मनोनीत भई आउनुभएका सहसचिव आनन्द काफ्लेलाई उहाँले पुर्‍याउनु भएको योगदानको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्‍यो ।

प्रकाशित मिति:January 9, 2024