सांसदहरुले मागे भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ‘डकुमेन्ट

Nepal Cover
२४ पुष २०८०, मंगलवार
image


काठमाडौं । मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् ।
ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए ।यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौता भएको थियो । सो सम्झौताको डकुमेन्ट नपाएसम्म बैठक बस्नुको औचित्य नहुने सांसदहरुको भनाइ छ ।
सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि वैठक अगाडि बढ्न सकेको छैन ।