चक्रवर्ती कलेजका अध्यक्षलाई आफ्नै छोराले हाने खुकुरी

  Sampatti News Online

January 9, 2024

काठमाडौं । चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि सोमबार राती छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । त्यस पछि घाइते भएका देवेन्द्रलाइ नर्भिक अस्पतालमा लगेको थयिो । अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउमा चोट छ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।

भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए।

प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ।

प्रकाशित मिति:January 9, 2024