डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा

Nepal Cover
२४ पुष २०८०, मंगलवार
image


काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा। केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा प्रदर्शन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।