रसियाको फौजमा भर्ना भएका ११५ जनाको परिवारबाट उद्धारका लागि आवेदन

Nepal Cover
२४ पुष २०८०, मंगलवार
image


परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन्।काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन् ।
मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा रसिया पुगेर त्यहाँको फौँजमा भर्ना भएकाहरूका परिवारले आवेदन दिएको बताएका हुन् । ‘हालसम्म ११५ जनाको उद्धारको लागि उहाँहरूको परिवारबाट कन्सुलर विभागमा आवेदन आइपुगेको छ’ उनले भने, ‘रसिया सरकारले १० जनाको मृत्यु भएको जनाएको छ । हामीले फौँजमा भर्ना भएकालाई फिर्ता गर्न, दिवंगतको शव र उहाँका परिवारलाई सौहुलियत उपलक्ध गराउन भनेका छौँ ।’उनले सरकारको रुसमा कुनै कामका लागि वा सेनामा पठाउने नीति नरहेको स्पष्ट पारे ।