१४० भाषामा गाएर युवतीले राखिन् विश्व कीर्तिमान

Nepal Cover
२५ पुष २०८०, बुधबार
image


एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् ।
भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ दर्जन भिन्नभिन्न प्रकारका भाषामा गीत गाउँदै विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइन् ।एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् ।
भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ दर्जन भिन्नभिन्न प्रकारका भाषामा गीत गाउँदै विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइन् ।
गिनिज वर्ल्ड रेकर्डस्ले पनि उनको विश्व कीर्तिमानलाई आधिकारिता प्रदान गरेको छ ।
गिनिज वल्र्ड रेकर्डस्का अनुसार दुबईस्थित भारतीय वाणिज्य दूतावासको सभाहलमा जलवायु परिवर्तनसँग सम्बन्धित जागरुकता बढाउनका लागि उनले १४० भाषामा सांगीतिक प्रस्तुति दिइन् ।
उनको १४० संख्या यसकारण छनोट गरेकी छिन् किनकि उक्त संख्या दुबईमा कोप २८ शिखर सम्मेलनमा सहभागी १४० देशको प्रतिनिधित्व गर्ने संख्या थियो ।
सुचिताले त्यस क्रममा करिब ९ घण्टा गीत गाएकी थिइन् ।