अमेरिकी डलर र युरोको भाउ घट्दा महँगियो जापानिज येन र क्यानेडियन डलर

  Sampatti News Online

January 10, 2024


काठमाडौँ र नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर, युरोपियन युरोलगायतका मुद्राको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा कायम भएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७५ पैसामा झरेको छ । यसअघि भने खरिदमा १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा तोकिएको थियो ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर भने आज बढेको छ । यसअघि एकको खरिदमा ९९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६३ पैसा रहेको क्यानेडियन डलर बढेर खरिद मूल्य ९९ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ९९ रुपैैयाँ ६८ पैसा कायम भएको छ ।
यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २२५ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्

प्रकाशित मिति:January 10, 2024