तीन वटा फरक फरक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

  Sampatti News Online

January 10, 2024


काठमाडौँ।साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग–अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

बुधवार कम्पनीको सेयर १० प्रतिशतले बढेर ४११.५० रुपैयाँमा पुगेको छ। मार्केट डेप्थमा कम्पनीको ३० लाख ८४ हजारभन्दा बढी कित्ता सेयर खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यसैगरी, कारोबार भने ३ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।

प्रकाशित मिति:January 10, 2024