January 10, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले कात्तिक २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले करसहित ५ दशलमव ७० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
प्रकाशित मिति:January 10, 2024
November 24, 2024