बालविवाह अन्त्य गर्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा

  Sampatti News Online

January 11, 2024


काठमाडौं। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापित आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

बालविवाह अन्त्यविरुद्ध विभिन्न ६ वटा प्रदेशका १६ जिल्लामा अभियान चलाउँदै आएको वर्ल्ड भिजन नेपालले काठमाडौंमा बिहीबार गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सचेतनाका साथै कानुनी प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताइन्।

बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा हुँदा बच्चाले भोग्नुपर्ने शारीरिक तथा मानसिक समस्याबारे सचेत गराउनुपर्ने भन्दै देउवाले कानुनी रुपमा वडाबाट अनुमति लिएर विवाह गर्ने प्रबन्ध गरेमा बालविवाह नियन्त्रण हुने बताइन्।

नेपालमा १५ वर्षमुनिको बालविवाह ८ प्रतिशत र १८ मुनि वर्षमुनिको बालविवाह ३३ प्रतिशत रहेको छ।
देउवाले सन् २०३० सम्म नेपालले बालविवाह अन्त्य गर्नुपर्ने लक्ष्य हासिल गर्न सामाजिक र कानुनी प्रबन्ध गर्नुपर्ने जोड दिइन्।
बालविवाह गर्ने परिवारलाई सरकारी सुविधाबाट वञ्चित गर्ने विकल्पमा पनि जानुपर्ने उनले बताइन्। यसमा सरकारसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउन सभापति देउवाले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिलाई अनुरोध गरेकी छन्।

प्रकाशित मिति:January 11, 2024