शेयर बजार सामान्य घट्यो, ७ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्किट

  Sampatti News Online

January 11, 2024


काठमाण्डौ–लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ।
आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै एबीआई बैंकको ऋणपत्र २०८९ साढे नौ प्रतिशतले घटेको छ ।
आज दुई करोड २१ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ३० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर २३ करोड ८५ लाख रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

प्रकाशित मिति:January 11, 2024