एनएमबी बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा मनोजकुमार गोयल चयन

  Sampatti News

January 12, 2024

काठमाडौँ । एनएमबी बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा हिजो राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए । साथै निर्वाचित सञ्चालकहरूसमेतको सोही मितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्षसहित जीवनकुमार कट्वाल तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।बैंकको २०८० असारसम्म खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ।

बैंकले हाल देशभर २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित मिति:January 12, 2024