हेटौंडा । दाङको भालुबाङमा बस दुर्घटनामा परि मुत्यु भएका १२ मध्ये ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट खस्दा मकवानपुरका एक युवासहित १२ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा मकवानपुरका ३९ बर्षीय सौरभ विष्ट, बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी २३ जना घाइते छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको उनले बताए।
प्रहरीका अनुसार नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाको छ।