महालक्ष्मी बैकको सिइओ मा लम्साल

  Sampatti News Online

January 14, 2024

काठमाडौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको यही पुस २८ गते बसेको सञ्चालक समितीको बैठकले लम्सालको योग्यता, क्षमता र अनुभवको आधारमा उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी सुम्पिएको हो ।

यसअघि उनी सोही बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए । बैंकका अनुसार लम्सालको काम प्रमुख कार्यकारी अधिकृतको कार्यकाल यही माघ एक गतेबाट सुरु हुने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकले लम्साललाई कामुको जिम्मेवारी दिएको हो । बैंकका अनुसार देवकोटाले विविध व्यक्तिगत कारण देखाउदै पदबाट राजीनामा दिएका थिए ।

बैंक सञ्चालक समितीको पुस २८ गते नैं बसेको सञ्चालक समितीको बैंठकले देवकोटाको राजीनामा स्वीकृत गर्दै लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । नेपाली बैंकिङ क्षेत्रमा निकै नै कुशल र क्षमतावान बैंकररुपको परिचय स्थापित गरेका लम्सालले तत्कालीन समयमा खराब अवस्थाबाट गुज्रिएको तत्कालीन मनकामना डेभलपमेन्ट बैंकलाई पनि सवल र सक्षम बैंककोरुपमा स्थापित गराएका थिए । उनीमा सिंगो कर्मचारी संयन्त्रको बिश्वास जितेर बैंकलाई सवल र सक्षम बनाउन सक्ने क्षमता रहेको छ ।

अहिलेको प्रतिस्पर्धी वित्तीय बजारमा लम्साल सिंगो बैंकको व्यवस्थापकीय बागडोर सम्हाल्न सक्ने क्षमता भएका व्यक्तित्व हुने । उनको यही क्षमताको उच्च मुल्यांकन गर्दै बैंक सञ्चालक समितीले तत्कालको लागि लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।पहिलेका सिइओले जस्तै केही निश्चित मिडियाको इसारामा नाचे बैकको प्रगति भन्दा दुर्गति नजिक रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति:January 14, 2024