बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

  Sampatti News Online

January 15, 2024

काठमाडौँ । आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:January 15, 2024