पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति

  Sampatti News Online

January 16, 2024

काठमाडौँ । आजदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौँमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५६ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राती ११ बजेबाट लागू हुने निगमले जनाएको छ।

प्रकाशित मिति:January 16, 2024