सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

Nepal Cover
२ माघ २०८०, मंगलवार
image

काठमाडौँ। सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने धाेसना गरेकाे छ । बैंकले आ.व. २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९–८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० –३–३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।