बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Nepal Cover
२ माघ २०८०, मंगलवार
image

काठमाडौँ । आज नेपाली बजारमा सुन मूल्यकाे तोलामा दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा दुई सयले बढेर एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।