आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार

  Sampatti News Online

January 19, 2024

बाठमाडाैं । आज सुनको मूल्यमा वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीवार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति:January 19, 2024