धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

  Sampatti News

January 19, 2024

काठमाडाैं । धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको हो ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

उक्त समितिले अध्यक्ष पदका लागि प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

प्रकाशित मिति:January 19, 2024