निजि क्षेत्रलाई स्वदेशी बस्तु खरिदका लागि जोडदिन मुख्यसचिव डाक्टर अर्यालको आग्रह

  Sampatti News

January 20, 2024

काठमाडौँ । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डाक्टर बैकुण्ठ अर्यालले स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न आग्रह गर्नु भएको छ । राजधानीमा बिहीबार आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा परिसंघले आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले यस्तो आग्रह गर्नुभएको हो ।
परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नेलगायत गतिविधि सञ्चालन गरिरहेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सो कार्यक्रम बताए ।

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि वार्षिक बजेटमा नीतिगत सुझाव दिने, आन्तरिक एवं बाह्यय सञ्जालमा स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य, बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल सञ्चालनलगायत कार्य गरिरहेको उनको भनाइ छ ।सरकारी एवं सार्वजनिक संस्थानलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण बनाउन नेपाल सरकारका उच्च अधिकारी हरुको जोड रहेको सो कार्यक्रममा निजी क्षेत्रलाई समेत स्वदेशी वस्तु खरिद गर्न लगाउनुपर्ने मा सहभागिहरुको जोड थियो। मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारले सुरुवातदेखि नै स्वामित्व लिएको जनाएइको छ । स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्न परिसंघले उठाइरहेको जग्गाको हदबन्दी, कानुन संशोधनलगायत विषयलाई प्राथमिकतामा राखेको बताएको छ।

२० प्रतिशत महँगो भए पनि स्वदेशी सामान खरिद गर्नुपर्ने निर्देशिका अन्तिम चरणमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागिरहेको र परिसंघका नीतिगत सुझाव मननयोग्य रहेको उनको भनाइ रहेको थियो ।

प्रकाशित मिति:January 20, 2024