राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन रौतहटको अधिकांश ठाउँमा मासु मदिरा प्रतिबंधित

अवहेलना गरे ५० हजार जरिबाना

  Sampatti News Online

January 20, 2024

रौतहट ६ माघ। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ तारिक अर्थात यही माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राणप्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुनलागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभई पुरै संसारको लागी चासोको बिषय बनेको छ।
उक्त एतिहासिक दिन रौतहटको सदरमुकाम गौर, कटहरिया, परोहा, राजदेवी, गरुडा, देवाहि गोनाहि, मौलापुर फतुवा विजयपुर सहित कैयौं नगरपालिकाले छुटाछुटै सूचना जारिगर्दै जनवरी २२ अर्थात माघ ८ गते सोमवारका दिन आआफ्नो नगरक्षेत्र भित्र बिभिन्न देवी देवताको प्राण प्रतिष्ठा , पूजा ,हुने भएकाले जीवजन्तु हत्या,मासु,माछा, मदिरा बिक्री बितरण माथि रोक लगाएको छ।
रौतहटको १८ वटै नगरपालिका भित्र आगामी माघ ८ गते मासु माछा, तथा मदिरा बिक्रि बितरण माथि प्रतिबन्ध लगाइएको छ। नगरालिकाका हरुले छुट्टाछुट्टै सूचना प्रकाशित गरी ८ गरेका दिन छिमेकी मुलुक भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठाको कार्यक्रम हुने भएकाले त्यस दिन आआफ्नो घरमा रही भगवानको भक्तिभाव गर्न अनुरोध गरिएको छ।
उक्त दिन कुनै पनि जीवजन्तुको हत्या नगर्न समेत सूचना मार्फत वडा बासीलाई आग्रह गरिएको छ। सूचनाको बेवास्ता गर्ने लाई कारवाही हुने समेत चेतावनी दिइएको छ। फतुवा विजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले त्यसदिन मासु माछा विक्री तथा मदिरा बिक्री गरेको पाइएमा ५० हजार जरिवाना गर्ने निर्णय भएको महमद सेराजले बताएका छन्।

प्रकाशित मिति:January 20, 2024