काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।
बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
लम्सालमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्।
सोही आरोपमा अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।