नेप्सेमा दाेहाेराे अंककाे गिरावट

  Sampatti News

January 21, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २५.६३ अंकले घटेर दुई हजार एक सय ३० दशमलव १८ विन्दुमा बन्द भएको हो ।            

आज नेप्सेमा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समाज लघुवित्त र आँखु खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ। मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ । 

त्यस्तै, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.२७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ। धेरै पूँजी भएका बैंकहरुको शेयरमूल्य घट्दा त्यसले नेप्से सूचकलाई नै नकारात्मक बनाएको छ। यस दिन विकास बैंक र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धैरैले नकारात्मक देखिएको छ।

         

                      

प्रकाशित मिति:January 21, 2024