काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ कर्मचारीको हैसियतमा डा. नबराज अधिकारीलाई दिएको छ ।
गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बनेको छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ति दिएको हो।
आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका वरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।अब नयाँ अध्यक्षको नियुक्ती नहुँदासम्म बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार अधिकारीलाई दिइएको छ।