नेपसेमा दोहोरो अंकको गिरावट संगै कारोबार रकम पनि घट्यो

  Sampatti News Online

January 22, 2024

काठमाडाैं । नेप्से परिसूचक निरन्तर ४ करोबार दिन घटेर पुनः २१०० विन्दुभन्दा तल झरेको छ। पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से, यस दिन सो विन्दुभन्दा तल बन्द भएको हो। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३१.४९ अंक घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंक घटेको छ।

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये ३६ वटाको बढेको छ भने २०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा अप्पर स्याङ्गे हाइड्रोपावर र मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.३३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:January 22, 2024