सडक व्यापारीद्वारा काठमाडौं महानगरको कार्यालयअगाडि प्रदर्शन

Nepal Cover
९ माघ २०८०, मंगलवार
image

काठमाडौं । काठमाडौं महानगरको कार्यालय अगाडि काठमाडौंका सडक व्यापारीहरूले प्रदर्शन गरेका छन् ।

शान्तिवाटिकादेखि र्‍याली निकालेर उनीहरूले काठमाडौं प्लाजास्थित काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन्।आइतबार सुन्धारा र रत्नपार्कमा फुटपाथ व्यापार गर्ने क्रममा व्यापारीको सामान महानगर प्रहरीले जफत गरेको र एक जना महिलामाथि हातपात गरी कपडा समेत च्यातेको विषयमा व्यापारीले प्रदर्शन गरेका हुन्।

नेकपा एमालेको भ्रातृ संगठन जिफण्ट अन्तर्गत नेपाल सो-रोजगार श्रमिक संघ, नेकपा एकीकृत समाजवादी पार्टी निकट ट्रेड युनियन महासंघ लगायत प्रदर्शनमा सहभागी छन्। ‘स्वरोजगार श्रमिकलाई पञ्जीकरण गर’, ‘मानव अधिकारको रक्षा गर’, ‘सडकमा व्यापार गर्नु रहर हैन हाम्रो बाध्यता हो’, ‘सन्ध्याकालीन व्यापारको व्यवस्था गर’, भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।