नेप्सेमा झिनो अंकको गिरावटसंगै कारोबार रकममा पनि घट्यो

  Sampatti News Online

January 23, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकले घटेर बन्द भएको छ । अघिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ०.४० अंकले घटेर दुई हजार ९८ दशमलव २९ विन्दुमा बन्द भएको हो ।                                       

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । 

त्यस्तै, मिडसोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६.२० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।    

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

प्रकाशित मिति:January 23, 2024