सशस्त्र प्रहरीद्वारा २४ लाख भन्दा बढी बरामद

  Sampatti News Online

January 23, 2024

रौतहट ।  रौतहटस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँ भन्दा बढी बरामद गरेको छ। सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारु सहित २४ लाख भन्दा बढी बरामद गरेको हो।

भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ र नेपाली १५ लाख ७६ हजार ८७५ रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन्। साथै हुन्डी कारोबारमा संलग्न ६ जना मानिस र ३ थान मोटरसाइकल बरामद गरिएको एसपी रेग्मीले बताएका छन्। बरामद रकम, मोटरसाइकल सहित मानिसलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।

प्रकाशित मिति:January 23, 2024