बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन पुनः सुरु

Nepal Cover
१० माघ २०८०, बुधबार
image

बाढीको कारण बन्द भएको काबेली बीको विद्युत उत्पादन सुरु भएको छ। अरुण कावेली पावरले निर्माण गरेको काबेली बीको विद्युत उत्पादन गत असार ३१ गतेदेखि बन्द थियो।

गत असरमा पुर्बी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाका विभिन्न संरचनाहरुमा क्षति भइ काबेली बी १ जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो।

आयोजनाका संरचना मर्मत सम्भार गरी माघ १० गतेदेखि आयोजना पुनः सञ्चालनमा ल्याएको हो