यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

  Sampatti News Online

January 25, 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

बुधबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो । 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति:January 25, 2024