शेयर बजारमा सामान्य अंकको गिरावट

Nepal Cover
११ माघ २०८०, बिहीबार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर सातौँ कारोबार दिन घटेर बन्द भएको छ। गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। नेप्से आज बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो ।                                        

आज नेप्सेमा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.०३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ।